Monday, July 6, 2020
सकडमा शव राखेर प्रर्दशन
लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २२
सनिवार राति सर्लाहीको बरहथवा नगरपालिकामा वडा न-११ दियर टोलमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका १४ वर्षिय जुगल मुखियालाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आइतवार स्थानीयबासीहरुले बरहथवा-मधुवनी सडक खण्ड जाम गरि टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
सनिवार राति करिब पौने ८ बजे दियर टोल नजिकको नहर छेउमा बसिरहेको ५ जनालाई हिरापुरबाट हरकठवा तर्फ जाँदै गरेको ना ५२ प ५६५१ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट स्थानीय रामप्रवेश मुखियाका १४ वर्षिय छोरा जुगल मुखियाको घटना स्थलमै ज्यान गएको थियो भने अन्य तीनजना घाइते भएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment