Wednesday, July 1, 2020

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो


पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौँ  - सरकारले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय एक रुपैयाँ तथा डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको छ । मूल्यवृद्धिपछि निगमलाई आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुनेछ । लकडाउनका ३ महिनामा आयल निगमलाई ३ अर्ब नाफा भएको छ । पछिल्लो तीन महिनामा चरम नाफा कमाइरहँदा निगमले मूल्य समायोजन गरेको थिएन ।

No comments:

Post a Comment