Tuesday, July 14, 2020

बागमती नदीमा डुबेर एक पुरुषको मृत्यु



सर्लाही ,असाढ ३०
  सर्लाहीको बरहथवा नगरपालिका वडा -६ राजघाट बस्ने एक पुरुषको  बागमती खोलामा डुबेर मृत्यु भएको छ ।
    सोमबार ५५ वर्षिय रामजी कार्कीको बागमती नदी नजिक  घाँस काट्न गएको अवस्थामा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
    घाँस काट्न गएका कार्की घर फर्केर नआए पछि आफन्तहरु मिलेर खोज्दै जाँदा सोमबार साँझ राजघाटको दुम्जाली घाटमा मृत अवस्थामा उनको शव फेलापरेको  प्रहरीले जानकारी दिए।  कार्कीको शव पोस्टमार्टमका  लागि सदरमुकाम स्थित जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
 

No comments:

Post a Comment