Friday, July 10, 2020

पानीमा डुबेको अवस्थामा पुरुषको शव फेलापर्यो



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २६
    सर्लाहीको बागमती नगरपालिका वडा न-१ सैलुंङडाँडा स्थित पँधेरी खोल्सीमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोही ठाउँका स्थानीय ४५ वर्षिय कलमान लोप्चनको शव फेला परेको छ ।
    निजको शव बुधबार साँझ ५ बजे सैलुङडाँडा स्थित पँधेरी खोल्सीमा अन्दाजी ३ फिट गहिरो जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।लोप्चनको मृत्यु के कति कारणले भएको हो भन्ने विषयमा अनुसंधान भइरहेको प्रहरीले बताएको छ।

No comments:

Post a Comment