Friday, July 3, 2020

सामाजिक समस्याहरु प्रति ध्यानाकर्षण गराउँदै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ १९
      जिल्ला स्थित नागरिक समाजको टोलीले आज जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नागरिक समाजले विभिन्न समस्याहरु प्रति ध्यानाकर्षण गराउँदै ती समस्या हरुको समाधान तथा  कार्यान्वयनको माग गर्दै  ज्ञापन पत्र बुझाएको हो ।
       ज्ञापनपत्रमा खाद्य सामाग्रीको कृत्रिम मूल्य वृद्धि रोक्नका लागि अनुगमनको प्रभावकारी व्यवस्था मिलाउन,जिविकाको मुख्य श्रोत कृषि कार्य अहिलेको असल समयमा बिउबिजन,मलखाधको उपलब्धता सुनिश्चित गर्ने,अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सामान्य रोगको उपचारबाट बन्चित भइरहेका सर्वसाधारण नागरिकहरुलाई भय मुक्त वातावरणमा उपचार तथा औषधिको प्रबन्ध मिलाउनुपर्ने,क्वारेन्टाइनहरुको व्यवस्थालाई चुस्त दुरुस्त बनाउँदै जिल्ला अस्पताल मलंगवामा पिसिआर मेसिन जडानका लागि कदम चल्न,चोरी निकासी पैठारी माथि निगरानी रख्दै सिमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुलाई संयमतापुर्वक कर्तव्य निर्वाह गर्न गराउन उचित  निर्देश दिन भनी सुझावहरु उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिकिशोर प्रसाद चन्द्रवंशीलाई ज्ञापनपत्र बुझाउँदै नागरिक समाज सर्लाहीका गजेन्द्र प्रसाद गुप्ता (गणेश)ले कोभिड -१९ का कारण सिमानाकामा गरिएको सिलका कारण दुवैदेशका नागरिकहरुको सम्बन्धमा चिसोपना  आएकोले आपसी सम्बन्धलाई टुट्न नदिन र सम्बन्धलाई बनाइराख्न  विशेष सतर्कता अपनाएर आवतजावत गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको छ ।
    उग्रकांत झाको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको  टोलीमा शिवचन्द्र चौधरी , गजेन्द्र प्रसाद गुप्ता (गणेश),मुकेश मिश्र ,कौशल किशोर यादव, डा.अब्दुल रहिम मिकरानी लगायतका नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको नागरिक समाज सर्लाहीले जनाएको छ ।
    बुझाइएको ज्ञापनपत्र आजै काठमाडौ स्थित प्रधानमन्त्रीको सचिवालय सिंहदरबार पठाउने सहायक प्रजिअ चन्द्रवंशीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment