"किराना व्यवसायीमा कोरोना संक्रमण देखियो"
==================================
मनोज यादव----
सर्लाही ,साउन १४
सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल -भारत सिमावर्ती भारतको सोनवर्षामा ४ जनामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ ।भारतको विहार राज्यमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिदैं गरेको अवस्थामा सिमा नजिकैको स्थानमा यसको संक्रमण पुष्टि भएपछि मलंगवा लगायतका ठाउँहरुमा यसको संक्रमण फैलिने सम्भावना बढेको छ ।
सितामढी जिल्ला अन्तर्गत पर्ने सोनवर्षा प्रखण्डमा कोभिड १९ को जाँच सुरु भएको पहिलो दिन नै ४ जनामा कोरोनाको संक्रमण देखिएको पीएचसी सोनवर्षाका प्रमुख डा.राजिव रतनलाई उद्रित गर्दै त्यहाँका स्थानीय पत्रकार मुकुन्द अग्रवालले जनाएको छ ।पत्रकार अग्रवालका अनुसार पीएचसीले पहलो दिन बिडियो ओम प्रकाश,उनका अंगरक्षक ,केही मुखियाहरु सहित २८ जनाको सैम्पल लिएर जाँच गर्दा २ जना सरकारी कर्मचारी सहित ४ जनामा कोरोनाको संक्रमन देखिएको हो ।जसमध्ये सोनवर्षाका एकजना किराना व्यवसायीको छोरा पनि रहेको छ ।
किराना व्यवसायीको छोरामा संक्रमण देखिएकोले मलंगवा लगायतका सिमावर्ती नेपाली गाउँठाउँबाट लुकिछिपी सोनवर्षा बजार पुगेर किरानाका सामान खरिद गरेर आएका मानिसहरुमा पनि यसको संक्रमण सरेको हुनसक्ने मलंगवा नगरपालिका वडा न-२ का स्वास्थ्य चौकी प्रमुख यादवले संजय यादवले बताए ।सिमाक्षेत्रमा कडाइका बाबजुद पनि दुवैतर्फका सुरक्षाकर्मीहरुको मिलेमतोमा ओहोरदोहोर गर्ने मानिसहरुका कारण समुदाय स्तरमा कोरोना भाइरस फैलिने बढी सम्भावना रहेकोले सावधानी अपनाउन र सिमाक्षेत्र भएर ओहोरदोहोर नगर्न यादवले सुझाव दिए ।
सार्वजनिक विदाको दिन आइतवार बाहेक प्रत्येक दिन २५ देखि ३० जना मानिसको जाँच भइरहेको जनाइएको छ।

No comments:
Post a Comment