Sunday, July 12, 2020

वर्षाले घर भत्किंदा ३ लाख भन्दा बढीको क्षति



लोकतन्त्र समाचारदाता---
सर्लाही ,असाढ २८
    अबिरल बर्षाको कारण सनिवार  सर्लाहीको चक्रघट्टा गाउँपालिका र इश्वरपुर नगरपालिकामा घर भत्किंदा ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
   वर्षाका कारण चक्रघट्टा गापा वडा न-४ सुन्दरपुरका ४२ वर्षिय अब्दुल बाकेको खपडा र फुसले छाएको  घर भत्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घर भत्किंदा अब्दुलको २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।यसबाट  कुनै किसिमको  मानविय तथा कुनै चौपायको क्षती नभएको प्रहरीले जनाएको छ।उनको परिवारमा  ६ जना सदस्यहरु रहेका छन् ।
    यस्तै अबिरल वर्षाका कारण सोही दिन जिल्लाकै इश्वरपुर नगरपालिका वडा न-९ बस्ने सिताराम महतोको खपडाले छाएको एकतले घर भत्किएर ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।निजको पनि कुनै किसिमको मानविय तथा पशुचौपायाको क्षति नभएको पिडितलाई उद्रित गर्दै प्रहरीले बताएको छ । उनको परिवारमा ७ जना सदस्यहरु रहेका छन् ।घर भत्किएर घरबार विहीन बनेका अब्दुल र महतोका परिवार अहिले छिमेकीको घरमा बसिरहेका छन् ।


No comments:

Post a Comment