Sunday, July 12, 2020

सखुअवामा घर भत्कियो


लोकतन्त्र समाचारदाता---
सर्लाही ,असाढ २८
    अबिरल बर्षाको कारण सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न-७ ,सखुअवामा खपडाले छाएको एक कच्ची घर भत्किंदा ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
   वर्षाका कारण स्थानीय  स्व.राम प्रताप दासकी  श्रीमती कुमारी देवीको घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किंदा कुनै किसिमको  मानविय तथा कुनै चौपायको क्षती नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
    यस्तै शुक्रवार रातिको वर्षाले हरिवन नगरपालिका वडा न-८  चापिनीमा  गोपाल परियारको घर  भत्किएको छ।आर्थिक अवस्था  कमजोर रहेका पिडित परियारका घरका  सदस्यहरु उपचारको क्रममा  काठमाडौ रहेको बेला घर  भत्किएकोले मानवीय क्षती नभएपनि घरमा राखिएका खाद्यान्न  तथा लत्ताकपडाहरु भने  पुर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ ।


No comments:

Post a Comment