Friday, July 10, 2020

करेन्ट लागेर पुरुषको मृत्यु



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २६
   सर्लाहीको इश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा इश्वरपुर नगरपालिका वडा न-३ स्थित बानटोलका  ४२ वर्षीय जदु सहनी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    आफ्नै घरको मिटरको तारमा पल्क जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि बयलबास स्थित स्वास्थ्य संस्थामा  अमृत हेल्थ केयर सेन्टर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव अमृत हेल्थ केयर सेन्टर बयलबासमा राखिएको  प्रहरीले जनाएको छ । 


No comments:

Post a Comment