लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १६
सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् ।
यस अघिका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी सर्लाहीबाट सरुवा भएर गए सँगै नयाँ प्रजिअ (सिडियो)को रुपमा सुरेन्द्र पौडेल आएका हुन् ।
उनि यस अघि गोर्खा जिल्लामा थिए । उहाँले शुक्रवारबाट आफ्नो कार्यभार सम्हाल्नु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले लोकतन्त्रलाई जनाएको छ ।
सक्रिय रुपमा लागेर जिल्लाको शान्ति सुरक्षा कायम गर्ने प्रजिअ पौडेलले बताएका छन् । यसका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
Congratulations sir
ReplyDelete