Thursday, July 2, 2020

चट्याङबाट सर्लाहीमा एकको मृत्यु दुई घाइते




सर्लाही ,असाढ १८
     सर्लाहीमा   चट्याङ लागेर एक युवकको ज्यान गएको छ भने २ जना  घाइते भएको छ ।
    बिहीबार बिहान १० बजेको समयमा खेतमा धानको रोपाइँ गरिरहेको अवस्थामा  पानी सँग परेको चट्याङ्गबाट जिल्लाको बागमती नगरपालिका वडा न-१० नयाँ बस्तीका स्थानीय नरेश हजारीका १८ वर्षिय छोरा  छोटु पासवानको ज्यान गएको छ ।चट्याङ्ग लागेर पासवान सँग रोपाइँ गरिरहेकी सोही ठाउँका हिरा मुखियाकी श्रीमती कमलादेवी मुखिया पनि घाइते भएकी छिन ।चट्याङ्ग लागेर बेहोस भएका पासवानको बरहथवा स्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
   यस्तै सोही दिन बिहान करिब पौने नौ बजेको समयमा चट्याङ्ग लागेर  जिल्लाको बलरा नगरपालिका वडा न-१ बस्ने स्थानीय मानन सहनीका ३५ वर्षिय छोरा बरुण सहनी गम्भीर घाइते भएको छ ।घाइते सहनीलाई उपचारका लागि भारतको सितामढी लगिएको प्रहरीले जानकारी गराएको छ ।

No comments:

Post a Comment