Thursday, July 9, 2020

ढिलै भएपनि मुसहर समुदायले राहत पाए




सर्लाही ,असाढ २५
    ढिलै गरेर भएपनि सलार्हीका मुसहर समुदायले राहत पाएका छन् । जिल्लाको धनकौल गाउँपालिका वडा न- १ धोविनियाका ६६  मुसहर समुदायका परिवारले भोर नेपाल नामक एक गैरसरकारी संस्थाको तर्फबाट  राहत पाएका छन् ।
    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण  रोजगारी गुमाएर बेरोजगार बनेका धोबिनियाका दलित मुसहर समुदायका मानिसहरुले केही थोरै भएपनि रहत पाउन् भन्ने उदेश्यले  डायनीकी  इन्दरा आलेको आर्थिक सहयोग तथा भोर नेपालको सहकार्यमा राहत वितरण गरिएको भोर नेपालका  अध्यक्ष पच्चु माझी मुसहरले बताउनुभयो ।प्रति घरपरिवार  प्रभावित परिवारलाई  २५ किलो चामल, १ किलो दाल, १ लिटर खाने तेल ,  १ प्याकेट नुन, साबुन पिस साबुन लगायत मौसम अनुसारको  हरियो तरकारी  वितरण गरिएको माझीले बताए।
    झण्डै चार महिनादेखि जारी  लकडाउनका सर्लाहीका सैकडौं दलित परिवार रोजगारी गुमाएर भोकमरीको समस्याबाट गुज्रिरहेका छन् ।


No comments:

Post a Comment