Thursday, July 9, 2020

चेतनाद्वारा सर्लाहीका २० वटा क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २५
     चेतना मलंगवा संस्थाले सर्लाहीका ११ स्थानीय तह अन्तर्गतका  २० वटा क्वारेन्टाइनहरुलाई व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
   स्टार्ट नेटवर्क फन्डको आर्थिक सहयोगमा, कतार च्यारिटी र ईस्लामिक रिलिफ नेपालद्धारा चेतना मलंगवा संस्थाको सहजिकरणमा आप्रवासीहरु नेपाली नागरिकहरुका लागि कोविड–१९ प्रतिकार्यमा सरकारी क्षमता सुदृढिकरण परियोजना  अन्तर्गत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको चेतनाका कार्यक्रम संयोजक मुकेश जयसवालले बताएको छ ।संस्थाले  जिल्लाका कौडेना , पर्सा,विष्णु , विष्णु बसबरिया ,ब्रम्हपुरी गाउँपालिका र    कविलासी , गोडैता, हरिपुर्वा, हरिपुर ,हरिवन तथा  बरहथवा नगरपालिकाका प्रमुख तथा सम्बन्धित वडाका वडाध्यक्षलाई लाई   खुट्टाले च्यापेर हात धुने टयांकी सहितको सेट, अस्थायी शौचालय तथा बाथरुम, हाइजिन किट, डिग्नीटी किट, पी.पी.ई. सेट, बाल्टीन ,मग तथा सरसफाईका अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
    विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाईरस) विरुद्धको अभियानलाई अझ शसक्त बनाउन सर्लाहीका स्थानिय तहमा रहेका क्वारेन्टाईनका लागि ती सामाग्रीहरु उपलब्ध गराईएको चेतनाका कार्यक्रम संयोजक मुकेश कुमार जयसवालले बताउनुभयो ।

No comments:

Post a Comment