Wednesday, July 1, 2020

जनकपुर आउनेहरुलाई अनिवार्य रुपले १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णय

जनकपुर आउनेहरुलाई अनिवार्य रुपले १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णय

जनकपुर–  असार १७
 कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट बच्न र बचाउन थप सर्तकता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बाहिरबाट आई जिल्ला प्रवेश गर्नेहरुलाई अनिवार्य रुपले १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने भएको छ ।
कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो।
कोरोना संक्रमितको संख्या बढिरहेका बेला यस जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उहाँले बताउनुभयो । कोरोनाको बढदो संक्रमण भएको जनकपुर लगायत काठमाडौं,पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी जस्ता बढि जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था भएपछि मात्र आवागमनको अनुमति दिनेगरि व्यस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकिय अधिकृत गणेश मिश्रले बताउनुभयो ।
कोरोना भाइरसको बिश्वभर महामारी फैलिएसँगै यस जिल्लामा २ हजार १ सय १५ बेड क्षमताको ५२ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । यस जिल्लामा अहिले ६ सय ३८ जना क्वारेन्टाइनमा र ४ सय जना होम क्वारेन्टाइनमा छन् भने १ सय ४५ बेड क्षमताको आइसोलेसनमा ८१ जनालाई राखिएको छ । 

No comments:

Post a Comment