Sunday, July 5, 2020

मास्क नलागउने १ सय २८ जना पक्राउ,

  सबैलाई जरिवाना लिएर छाडियो


जनकपुरधाम, असार २१गते ।
बारामा मास्क नलाइ हिँडडुल गर्ने १ सय २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदा समेत यसको अवज्ञा गरी बिना माक्स हिँडडुल गर्ने तथा व्यवसाय संचालन गर्ने उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रु समेत रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालय मार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना पश्चात छाडिएको छ ।

No comments:

Post a Comment