विवाहको प्रलोभन देखाएर किशोरी माथि सामूहिक बलात्कार
सर्लाही,साउन १२
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका स्थित होटलमा विवाहको प्रलोभन देखाएर एक किशोरी माथि सामुहिक बलात्कार भएको छ ।
लालबन्दी बजार स्थित एक होटलमा काम गर्दै आएकी लालबन्दी नगरपालिका वडा न-६ बस्ने १५ वर्षीया किशोरीले सोही नगरपालिका वडा न–७ निवासी रामबहादुर पराजुली र सुमन विकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । गएको असार ५ गते राति पराजुली र बिकले आफुलाई लालबन्दी बजार स्थित फेसबुक होटलमा लगेर सामुहिक बलात्कार गरेको रहस्य खोलेकी छिन् । पिडित किशोरीका अनुसार भोली काठमाडौं गएर विवाह गर्ने भनेर आफुलाई असार ५ गते नै लालबन्दी स्थित फेसबुक होटलमा पुर्याएका थिए । होटलमा लगेर भोलि काठमाडौं जाने र त्यस पछि विवाह गर्ने भन्दै उनीहरुले विवाहको खुसियाली मनाउने भन्दै केक काटेर खानुका साथै चिसो खुवाएका थिए। चिसो खाएको केही छिनमै आफुलाई नशा लागेको र त्यसपछि उनीहरूले पालैपालो जबर्जस्ती करणी गरेको पीडित किशोरीले बताएकी छन्।
लालबन्दीको एक होटलमा २ वर्षदेखि भाँडा माझ्ने काम गर्दै आएकी पिडित किशोरीले सुमन सँग आफ्नो चिनजान लकडाउन सुरु भएयता भएको र प्रेम समेत गरेका युवक तथा अभिभावक जस्तो मान्दै आएका दाजुबाट बलात्कारको सिकार बन्नु परेको पिडित किशोरीले रुँदै दुखेसो पोखिन् ।
घटनामा संलग्न भएका दुवै युवक फरार रहेकोले उनीहरुको तिब्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
No comments:
Post a Comment