Sunday, July 5, 2020

निरन्तरको वर्षाले तराईको लाइफ लाइन सर्लाहीको पुर्व-पश्चिम हुलाकी सडक सहित निर्माणाधीन ग्रामीण सडक हिलाम्मे

 

निरन्तरको वर्षाले तराईको लाइफ लाइन सर्लाहीको पुर्व-पश्चिम हुलाकी सडक सहित निर्माणाधीन  ग्रामीण सडक हिलाम्मे 


मनोज यादव----video सहित....

सर्लाही ,असाढ २१ 

     केही दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको हुलाकी तथा ग्रामीण  सडक हिलाम्मे भएको छ । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक सहित बाँके–सङ्ग्रामपुर, फूलजोर–त्रिभुवननगर, सलेमपुर–हीरापुर र अन्य भित्री सडक हिलाम्मे हुँदा पैदल हिँड्न र सवारी साधन चलाउन समस्या भएपछि सर्वसाधारणलाई सास्ती खेप्न बाध्य हुनुपरेको छ 

      सदरमुकाम मलंगवा  हुँदै जिल्लाको विभिन्न पालिका सहित भारतीय सीमासँग जोडिने  पूर्व–पश्चिम हुलाकी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा यस क्षेत्रका नागरिकहरु वर्षौंदेखि   वर्षा याममा हिलो र हिउँदमा धुलोको मार खेप्दै आएका छन् । 

     तराईको लाइफलाइनको रुपमा हेरिएको यो राजमार्गको बजेट अभाब, निर्माणमा ठेकेदारको लापरवाही, सरकारी निकायको उदासिनता लगायतका कारणहरुले निर्माण कार्य निकै सुस्त रहेको छ । तराईको लाइफ लाइन भएकाले सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा पनि घोषणा गरिसकेको छ । तराईका २० जिल्लालाई जोड्ने हुलाकी राजमार्गको निर्माणकार्यले गति लिन नसक्दा  तराईका जनताहरु एक दशक भन्दा बढी देखि  सास्ती भोगिरहेका छन् । हिउँदमा समेत हिलाम्मे हुने यो सडक वर्षातको समयमा डुबानमा पर्ने गरेको छ । हुलाकी सडक निर्माणको कामलाई अघि बढाउन माग गर्दै संघर्ष समिति गठन गरि पटकपटक  जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइएको भएपनि कुनै  सुनवाइ नभएको र हुलाकी सडकको अवस्था झनझन खराब हुँदै गएको छ ।

       मुलुकमा तीन तहको सरकार गठन भएसँगै तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन् । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । सरकारका जनप्रतिनिधिले उपभोक्ता समिति मार्फत सडकमा लगानी गरे पनि सडकको अवस्था जस्ताको त्यस्तै छ । जनप्रतिनिधिले  विकासका नाममा उपभोक्ता समिति मार्फत  कार्यकर्ता पोस्ने काम मात्र गरेको स्थानीयको बुझाई छ ।

      अहिले भइरहेको बर्षाले जिल्लाको हरिपूर्वा, पर्सा, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवा  पुग्ने हुलाकी सडक ठाउँठाउँमा  खराब भएको छ भने निर्माणको काम चलिरहेको  मलंगवा, चक्रघट्टा, कविलासी, गोडैता, बलरा, धनकौल, रामनगर , हिरपुर्वा, चन्द्रनगर विष्णु ,ब्रम्हपुरी लगायतका पालिकाका ग्रामीण तथा   भित्री सडकहरु हिलाम्मे भएका छन् ।


No comments:

Post a Comment