Sunday, July 5, 2020

राष्ट्रपतिलाई प्रचण्ड, माधवको स्पष्टीकरण : महाअभियोग लगाउदैनौ


राष्ट्रपतिलाई प्रचण्ड, माधवको स्पष्टीकरण : महाअभियोग लगाउदैनौ
काठमाडौँ,असाढ २१
    राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार नेकपाका शीर्षनेताहरुले भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै पनि छलफल नभएको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताउनुभएको थियो । शीतलनिवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीले यस्तो आरोप लगाएको भोलिपल्टै नेकपाका शीर्ष नेताहरु आइतबार शीतलनिवास पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीको विवादमा राष्ट्रपतिलाई समेत तानेपछि आइतबार यसबारे प्रष्ट पार्न नेकपाका शीर्षनेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल शीतलनिवास पुग्नुभएको हो । शीतलनिवासमा राष्ट्रपतिलाई भेटेर फर्केपछि एक नेताले भने, "हामीले राष्ट्रपतिज्यूलाई भनेका छौं, पार्टीभित्र देखिएको समस्या हामी पार्टीभित्रै समाधान गर्छौं , राष्ट्रको हित र संविधानमाथि आँच आउने कुनै पनि प्रकारका कुनै क्रियाकलापप्रति सम्झौता गरिने छैन"।
नेकपाका शीर्ष नेताहरुले कुनै पनि गलत सूचनाको प्रभावमा नपर्न र उत्तेजना बढाउनेखालका क्रियाकलापहरुमा विश्वास नगर्न राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बताएको हो । प्रचण्डनिवासमा खुमलटारमा नेकपाका सचिवालय सदस्यहरुले वकिललाई समेत बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको प्रधानमन्त्री ओलीको आरोप छ । प्रधानमन्त्रीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही सूचना सुनाउनुभएको थियो
योहो खबर

No comments:

Post a Comment