Tuesday, July 14, 2020

अविरल वर्षाले घर भत्काउँदा २ लाखको क्षति



सर्लाही ,असाढ ३०
     लगातारको अविरल वर्षाले सर्लाहीको इश्वरपुर नगरपालिका र विष्णु गाउँपालिकामा घर भत्किंदा २ लाख २० हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ ।
   गत आइतवार भएको वर्षाबाट इश्वरपुर नपा वडा न-१५ बस्ने स्थानीय बिजय दासको खपडाले छाएको बाँसको टाटी भएको कच्ची घर भत्किंदा ८० हजार रुपैया बराबरको सम्पत्ति क्षति भएको छ ।दासको परिवारमा  ३ जना सदस्यहरु बस्दै आएको छ ।घर भत्किंदा कुनैपनि किसिमको मानविय तथा पशुचौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।
   यस्तै सोही दिन विष्णु गापा वडा न-१ बस्ने स्थानीय रामध्यानी राउतको बाँसको टाटी भएको खपडाले छाएको कच्ची घर पुर्णरुपमा भत्किंदा १ लाख रुपैयाँको क्षति भएको छ ।राउतको घरमा ५ जना बस्दै आएको र कुनै किसिमको मानवीय तथा पशुचौपाया क्षति नभएको  प्रहरी जनाएको छ ।यसैगरी सोमबार बिहान ९ बजेको समयमा भएको वर्षाबाट विष्णु गापा वडा न-८ मा स्थानीय रामएकवाल रायको फुसको गोठ भत्किंदा ४० हजार रुपैयाँको क्षति भएको छ ।गोठ भत्किए पनि पशुचौपाया तथा मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
घर पुर्णरुपमा भत्किएर घरबार विहिन भएपछि दास र राउतको परिवार अहिले छिमेकीको घरमा बाँस बसिरहेका छन् ।

No comments:

Post a Comment