Thursday, July 9, 2020

नेपाल प्रहरीका असई घुस रकम सहित रंगेहात पक्राउ


             
                                               
सर्लाही, असाढ २५
     नेपाल प्रहरीका एकजना असईलाई अख्तियार दुरुपयोग अनुसंधानको टोलीले  घुस रकम सहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१४, श्रीनगर स्थित  गौरीशंकर प्रहरी चौकीका  इन्चार्ज एवं  प्रहरी सहायक निरीक्षक (असई) रामविश्वास राय यादव रहेका छन् ।
      यादवलाई मंगलबार दिउँसो कार्यालयबाटै  अख्तियार दुरुपयोग अनुसंधान आयोगको बर्दिबासबाट खटिएको टोलीले  पाँच हजार रुपैया घुस रकम सहित पक्राउ गरेको हो ।
 असई यादवले नियन्त्रणमा लिएको कागजात नभएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छुटाइदिने प्रयोजनमा घुस लिएको अख्तियारले जनाएको छ । निजलाई सोहीदिन थप अनुसन्धानका लागि अख्तियारको बर्दिबास स्थित कार्यालयमा  लगिएको  छ । असई यादवले यसअघि पनि बारम्बार स्थानीय सर्वसाधारण जनताहरु सँग विभिन्न कामका लागि घुस माग्ने गरेको जनाइएको छ ।

No comments:

Post a Comment