Wednesday, July 1, 2020

हरिपुरको सामुदायिक बनमा प्राचीन शिवलिंग फेलापर्यो





लोकतन्त्र समाचारदाता-----
सर्लाही, असाढ १७
     सर्लाहीको जंगलमा ५ फिट भन्दा बढी ठुलो प्राचीन  शिवलिंग फेला परेको छ ।जिल्लाको  हरिपुर नगरपालिका वडा न-१  मा रहेको  मुक्तेश्वर सामुदायिक वन भित्रको जंगलमा पोखरी निर्माण गर्न ईंटाको थुप्रो हटाउने क्रममा उक्त प्राचीन  शिवलिग फेला परेको हरिपुर नगरपालिकाका नगरप्रमुख जमरुद्दिन मंसुरले जानकारी दिनुभएको छ ।
  गत सोमबार बिहान फेलापरेको उक्त शिवलिंग  ऐतिहासिक मुर्तिया मन्दिरसँगै भग्नावशेषमा परिणत भएको स्थनीयहरुको भनाई छ। मुक्तेश्वर सामुदियक वनले वन्यजन्तुलाई पानी खुवानका लागि पोखरी बनाउने क्रममा शिवलिंग भेटाइएको नगरप्रमुख मंसुरले बताउनुभयो ।पुर्व पश्चिम रागमार्गमा पर्ने नयाँरोडबाट करिब ९ मिटर दक्षिणमा रहेको हरिपुरको सामुदायिक बनमा अहिले शिवलिङ हेर्नेको भीड लागेको छ।
शिवलिंग फेलापरेको स्थानमा चाँडै मन्दिर निर्माण गरेर नगरपालिकाले  संरक्षण गरिदिने  नगर प्रमुख मंसुरले बताउनुभएको छ ।


No comments:

Post a Comment