Wednesday, July 15, 2020

कोरोना खोप अमेरिकामा अन्तिम परीक्षणका लागि तयार योहो संवाददाता

कोरोना खोप अमेरिकामा अन्तिम परीक्षणका लागि तयार
काठमाडौँ,असाढ ३१ – अमेरिकामा परीक्षण गरिएको खोप अन्तिम परीक्षणका लागि तयार भएको छ ।  नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डना इन्कले विकास गरेको प्रयोगात्मक खोप जुलाई २७ गतेबाट ३० हजार मानिसमा परीक्षण हुने भएको छ ।
कोभिड–१९ विरुद्धका लागि लाभदायक खोप हुने विश्वास गरिएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फौचीले भने यो खुसीको खबर भएको बताए । मंगलबार अध्ययन रिपार्टको सार्वजनिकीकरणमा ४५ स्वय‌ंसेवकले खोपले रोग प्रतिरोधात्मक क्षमता बढाएको बताएका छन् । अध्ययनलाई नेतृत्व गरेका काइजर पर्मानेन्ट वासिङ्टन रिसर्च इन्स्टिच्युट सियाटलकी डाक्टर लिसा ज्याक्सिनका अनुसार परीक्षणलाई अगाडि बढाउनका लागि यो महत्त्वपूर्ण उपलब्धि हो ।
खोपले काम गर्ने वा नगर्ने भनेर ग्यारेन्टी नभए पनि तर सरकारले यही वर्षको अन्तिमसम्म परिणाम ल्याउने विश्वास गरिएको छ । यो खोप महिनाको दुई डोज लगाउनुपर्ने चिकित्सकले बताएका छन् । अनुसन्धानकर्ताले परीक्षण गर्दा यस खोपबाट साइड इफेक्ट नदेखिएको बताएका छन् ।  अध्ययनका अनुसार केही लक्षण कोरोनासँग मिल्दाजुल्दा थिए । त्यस्तै विश्वका विभिन्न देशमा कोरोना खोपहरु परीक्षणमा रहेका छन् ।

No comments:

Post a Comment