Thursday, July 9, 2020

बन्दाबन्दी प्रभावित विद्यार्थीहरुले स्वयं सिकाइ सामाग्री पाए



सर्लाही ,असाढ २५
     विद्यालय जाने उमेरका  सर्लाहीका चारवटा स्थानीय तहका  ८ हजार ५ सय ८७ बालबालिकाहरुलाई वर्ड भिजन इन्टरनेसनलको सहयोगमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाले स्वयं सिकाई सामाग्री वितरण गरेको छ ।
     लकडाउनका कारण  बन्द रहेका विद्यालयका कक्षा १ देखि कक्षा  ३ सम्मका बालबालिकाहरुको पठनपाठनलाई नियमित र प्रभावकारी बनाउन जिल्लाका चन्द्रनगर , ब्रम्हपुरी , पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिका अन्तर्गतका सम्पूर्ण  विद्यालयमा अध्यनरत  बालवालिकाहरुलाई स्वयं सिकाई सामाग्री वितरण गरिएको संस्थाका कार्यक्रम  संयोजक नागेन्द्र प्रसाद शाहले बताउनुभयो।अहिले रेडियो र टेलिभिजन मार्फत कक्षा संचालन भइरहेको अवस्थामा  रेडियो र टिभिमा पहुँच नभएका विपन्न परिवारका बालवालिकाहरुको लागि यो अतिनै  उपयोगी भएको पर्सा गाउँपालिकाका गाउँपालिका अध्यक्ष किशुनदेव यादवले बताउनुभयो ।
   वितरण गरिएका ती  पाठयपुस्तकहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले तयार पारेको हो ।


No comments:

Post a Comment