Sunday, July 12, 2020

नेपाल पत्रकार महासंघ सर्लाहीका पुर्व अध्यक्ष रौशन न्यौपाने सम्मानित




लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २८
   सर्लाहीका  बरिस्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ सर्लाहीका पुर्व अध्यक्ष रौशन न्यौपानेलाई उद्योग वाणिज्य संघ लालबन्दीले सम्मानित गरेको छ ।कोरोना महामारीले गर्दा आर्थिक गतिविधि  ठप्प भएको अवस्थामा व्यापारीहरुको मर्कालाई बुझेर लालबन्दी नगरपालिका वडा न-१ स्थित नवलपुर चौकमा पसल संचालन हुँदै आएको  घरको ४५ दिनको घरभाडा वापत  आउने १ लाख रुपैयाँ मिनाहा गरेको भन्दै  उदारता प्रति धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघले उहाँलाई  दोसल्ला ओढाई सम्मान  गरेको हो ।
   शनिवार बिहान उद्योग वाणिज्य संघ  लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी लगायतका पदाधिकारहरु नवलपुर स्थित पत्रकार न्यौपानेको पसल संचालित घरमै पुगेर  सम्मान गरेका हुन् । लामो लकडाउनका कारण पसलहरु बन्द गरेर आर्थिक शंकटबाट गुज्रिरहेका  व्यवसायीले न्यौपानेबाट ४५ दिनको घरभाडा छुट पाउँदा खुशी व्यक्त गरेका छन् ।
    पत्रकार न्यौपाने नेपाल टेलिभिजनका सर्लाही संवाददाता समेत हुनुहुन्छ ।


No comments:

Post a Comment