Thursday, July 9, 2020

एम्बुलेन्सको ठक्करबाट साइकल यात्री घाइते



सर्लाही ,असाढ २५
    सर्लाहीको बागमती नगरपालिका वडा न-११ पुतली चौकमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्री एक युवक घाइते भएको छ ।
    मंगलबार  बेलुका सवा ५ बजे बागमती न.पा वडा न-११ पुतली चौक स्थित पुर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को १ च ९२७८  नम्बरको एम्बुलेन्सले साइकल यात्री सोही नगरपालिकाको वडा न-१० बस्ने २५ वर्षिय युवक सुर्यबहादुर थापालाई ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकोमा हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक  उपचार गरि थप उपचारका लागि बिरगंज लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जनाएको छ ।
     युवकलाई ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक  आवश्यक अनुसंधानका लागि प्रहरी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment