Sunday, July 12, 2020

अविरल वर्षाका कारण भाँडसरका २७ घर डुबानमा



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ २८ 
   लगातारको वार्षाले मलंगवा नगरपालिका वडा न-५ भाँडसर जलमग्न भएको छ ।गाउँ नजिकैको लखनदेही खोलामा बाढी आएपछि बाढीको  पानी गाउँ भित्र प्रवेश गर्दा भाँडसरका २७ घर डुबानमा परेका छन् ।
  २७ घर पुर्ण रुपमा डुबानमा परेपछि भाँडसरका १४७ जना मानिस प्रत्यक्ष प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रभावित घरपरिवारका सदस्यहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
   वर्षेनी उक्त क्षेत्रमा आउने बाढीबाट लखनदेही खोला  आसपासका भाँडसर, खुटौना, शिवनगर, सिमरा लगायत भारत तर्फका केही गाउँहरु डुबानमा पर्दै आएका छन् ।



No comments:

Post a Comment