Thursday, July 2, 2020

इवार्स सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न




लोकतन्त्र समाचारदाता ----
सर्लाही ,असाढ १८
    मलंगवा अस्पतालको आयोजनामा  इवार्स  सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
   बिहीबार  मलंगवा अस्पतालको तालिम हलमा आयोजित एकदिने अभिमुखिकरण कार्यक्रममा अस्पतालका एमडी चन्दन कुमार शर्माले समुदायमा छिट्टै फैलिएर महामारीको रुप लिन सक्ने कोभिड-१९,कालाजार ,मलेरिया ,कोलेरा, सारी, जापानिज इन्सेफलाइटिस लगायतका सरुवा रोगको  सम्बन्धमा जानकारी दिनु भएको थियो । साथै सहभागीहरु बीच  इवार्स 2020 कार्यक्रमको विषयमा  छलफल समेत गरिएको थियो ।मलंगवा अस्पतालका बरिस्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.संजिब सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न वडामा रहेका वडा स्वस्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य सेवा सँग आबद्ध अस्पताका कर्मचारीहरुको  उपस्थिति मलंगवा अस्पतालले जनाएको छ ।

No comments:

Post a Comment