Tuesday, July 14, 2020

लामो समयदेखि नचलाएर बसपार्क तथा ग्यारेजमा थन्काएर राखिएका गाडीहरु बिग्रनथालेको यातायात व्यवसायीहरुको गुनासो



सर्लाही ,असाढ ३०
   करिब चार महिनादेखि जारी बन्दाबन्दीमा बस नचलाइ बसपार्क तथा ग्यारेजमा त्यसै थन्काएर राख्नु पर्दा पाटपुर्जाहरु बिग्रनुका साथै ठूलो आर्थिक घाटा बेहोर्नु परेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । लामो समयदेखि बस चलाउन नपाउँदा आफुहरु दोहोरो मारमा परेको  बस व्यवसायी संघ सर्लाहीका अध्यक्ष शिवशंकर रायले बताउनुभयो  ।
   एक कमाई भएको छैन त्यसमा पनि बैंकको  किस्ता तिर्न नसकेर ऋण माथि  ऋण थपिँदै गएको छ , रायले गुनासो गरे । कतिपय ब्यक्तिहरु आफ्नो घर जग्गा बैंककमा धितो राखेर ब्याजमा गाडी निकालेका छन् । लकडाउनले गर्दा झण्डै चार महिनादेखि गाडी त्यतिकै  थन्काएर राख्नु पर्दा उनीहरु बैंकको ब्याज तिर्न पाएका छैनन्  उनले भने ।
लामो समयसम्म गाडी  थन्काएर राख्दा इन्जिनमा खिया लाग्ने, बडीमा खिया लाग्ने र घाम पानीले टायर सडेर काम नलाग्ने भएका छन् ,अध्यक्ष रायले बताए ।
     सरकारले सार्वजनिक यातायात संचालन गर्न भने पनि  व्यवसायीहरुले ब्याजदरमा छुट लगायतको माग राख्दै बस चलाएका छैनन् । केन्द्रीय महासंघले राखेको माग पूरा नभएसम्म  बस नचलाउने उनीहरूले निर्णय गरेका छन् । बताए । बन्दाबन्दीका कारण यातायात  व्यवसायीसँगै  चालक, सहचालक लगायत अन्य मजदुरहरु  प्रभावित भइरहेका छन् ।

No comments:

Post a Comment