Sunday, July 5, 2020

प्रदेश सांसद निरा कुमारी साहद्वारा क्लब तथा विद्यालयलाई खेलकुद सामाग्री सहयोग



लोकतन्त्र समाचारदाता----
सर्लाही,असाढ २१
     प्रदेश नम्बर २ का सांसद निरा कुमारी साहले आफ्नो   निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट जिल्लाका विभिन्न युवा क्लव तथा विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गर्नु भएको छ।साथै  एक जना क्षमतावान नेत्रहिन शिक्षकलाई  ल्यापटप प्रदान गर्नु भएको  छ ।
     मोप्प नेपालको आयोजना तथा संस्थाका कार्यक्रम संयोजक संजय  मंडलको अध्यक्षता हरिपुर नगरपालिकामा एक  कार्यक्रमको आयोजना गरि  सांसद साहले आफ्ना निर्वाचन  क्षेत्रका  युवाहरुको व्यक्तित्व विकासको सो क्षेत्रका युवा क्लब तथा विद्यालयहरुलाई १० थान  फुटबल, १० थान  भलिबल र १० सेट क्रिकेटका सामाग्रीहरु प्रदान गर्नु भएको हो ।
   त्यस्तै उहाँले  ईश्वरपुरमा रहेको नारायण जनता उच्च मा.वि.माका एकजना नेत्रहिन शिक्षक गणेश अधिकारीलाई एक थान ल्यापटप समेत प्रदान गर्नु भएको मोप्प नेपालका कार्यक्रम संयोजक मण्डलले बताएको छ ।
 तथा विद्यालयलाई खेलकुद सामाग्री सहयोग

No comments:

Post a Comment