लोकतन्त्र समाचारदाता-----
सर्लाही ,साउन १
सर्लाहीको धनगढामा दुइतले काठको घरको भर्याङबाट तल ओर्लने क्रममा लडेर एक बालकको मृत्यु भएको छ ।
बँसबरिया गाउँपालिका वडा न-५ धनगढाका स्थानीय शिवनारायण रायका ७ वर्षीय छोरा नवल किशोर रायको भर्याङबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बुधबार दुइतले घरको भर्याङबाट तल ओर्लने क्रममा खुट्टा चिप्लिएर लडेको दिदीले देखेपछि निजलाई उठाएको केही बेरमै घटनास्थलमै मृत्यु भएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । दुर्घटनाको समयमा बालककी आमा कामकोलागि घर बाहिर गएकी थइन् भने बुवा रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।
यस्तै सोही दिन पर्सा गाउँपालिका वडा न-१, सीतलपुर स्थित हुलाकी सडकमा ज ५ प २४६३ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय लालिन मण्डलका ३ वर्षिय छोरा निखिल मण्डल गम्भीर घाईते भएका छन् ।बालकलाई खेल्दै गरेको अवस्थामा संग्रामपुरबाट सीतलपुर तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरी प्रवक्ता डिएसपी कुवँरले जनाएको छ । घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।
No comments:
Post a Comment