लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन ९
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाका वडा न- १० मा आज(शुक्रवार) एक विपन्न तथा अपांङ्ग दम्पतीलाई तीन कोठे एकतल्ले घर हस्तान्तरण गरिएको छ।
वडाध्यक्ष मुकेश कुमार झाले सोही वडा बस्ने योगेन्द्र चौधरी र उनकी श्रीमती रामपुकरिया देवीलाई वडास्तरीय बजेटबाट निर्माण गरिएको तिनकोठे एकतल्ले घर हस्तान्तरण गरेका हुन । नयाँ घरको साँचो पाएपछि सन्तान नभएका चौधरी दम्पती निकै खुशी भएका छन् ।आफनो वडाको दुई अती विपन्न परिवारलाई नयाँ घरदिने लक्ष्य रहेको र आज सोही लक्ष्य अनुसार एउटा परिवारलाई घरको साँचो हस्तान्तरण गरेको वडाध्यक्ष झाले बताए । अर्को एउटा घर अहिले तयार हुँदै गरेकोले घरको सम्पूर्ण निर्माणकार्य सम्पन्न हुने बित्तिकै उक्त घर पनि हस्तान्तरण गर्ने उनले बताए । आफ्नो वडाका दुःख पाएका हरेक व्यक्तिलाई आफनो क्षमता र सामर्थ्यले भ्याएसम्म यसैगरी सहयोग गरिरहने झाले बताए ।

No comments:
Post a Comment