Tuesday, July 28, 2020
प्रहरीद्वारा खोलाबाट बालुवा झिक्दै गरेका ९ वटा ट्रेक्टर नियन्त्रणमा
लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १३
लखनदेही खोलाबाट अवैध ढंगले बालुवा उत्खनन गरिहेका ९ वटा ट्रेक्टर सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार सर्लाहीको हरिपुर नगरपालिका वडा न-९, पिडारी स्थित लखन्देही खोलाबाट ट्रेक्टरहरु नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले लखनदेही खोलामा बालुवा झिक्दै गरेको अवस्थामा ना.४ त ५६९५,प्रदेश २-०२-००१ त ०३३२,ज १ त ९९१३,ज २ त ४२९,ना २ त ८७११,ज १ त ३२४३,ना ६ त २०१६,ग १ त ४२३८ र नम्बर नखुलेको एउटा ट्रेक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि नगरपालिका कार्यालयमा बुझाएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।
वर्षातको समय असार, साउन र भदौ यी तीन महिना कुनैपनि खोलामा उत्खनन गर्न प्रतिबन्ध लगाइएको भएपनि लुकिछिपी खोलाहरुबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन कार्य हुनेगरेको छ । नियन्त्रणमा लिएका ट्याक्टरहरु उत्खननमा रोक लगाइएको समयमा पुनः उत्खनन नगर्ने शर्तमा जरिवाना तिराएर छाडिने जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment