Saturday, August 1, 2020

प्रभु लाइफ इन्सस्योरेेेेेन्समा १९ जना विमा अभिकर्ताहरुको पदोन्नति



सर्लाही ,साउन १७
    प्रभु लाइफ इन्स्योरेन्स मलंगवा शाखाले आफ्ना  १९ जना विमा अभिकर्ताहरुको पदोन्नति गरेको छ । जसमध्ये १ जनाको  सिनियर एजेन्सी मेनेजर र १८ जनाको एजेन्सी मेनेजरमा पदोन्नति गरिएको मलंगवा शाखाका प्रबन्धक संजय श्रेष्ठले जनाएको छ ।
    सनिवार सर्लाहीको सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरि  आर्थिक वर्ष २०७६।०७७ मा विमा अभिकर्ताको रुपमा उत्कृष्ट प्रदर्शन गरेको साथै   कामको मुल्यांकनको आधारमा कम्पनीले उहाँहरुको पदोन्नति गरेको शाखा प्रबन्धक श्रेष्ठले लोकतन्त्रलाई  बताउनुभयो ।सोही अवसरमा शाखा प्रबन्धक श्रेष्ठले  पदोन्नति नभएपनि  उत्कृष्ट प्रदर्शन गरेका विमा अभिकर्ताहरुलाई पनि खाँदा ओढाएर सम्मानित गर्नुभएको छ ।
   नेपाल अधिराज्य भरि एकसय भन्दा बढी शाखाहरु रहेको  प्रभु लाइफ इन्स्योरेन्सको सर्लाहीमा हाल तीनवटा शाखाहरु संचालनमा रहेका छन् ।

No comments:

Post a Comment