Saturday, August 8, 2020

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते

 


लोकतन्त्र समाचारदाता---- 
सर्लाही ,साउन २४
     सर्लाहीमा एकैदिन तीन  छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर  ७ जना घाइते भएका छन् ।
     शुक्रवार जिल्लाको ईश्वरपुर  नगरपालिका वडा न-९ खोरिया टोल स्थित भित्रि सडक खण्डमा खोरिया टोलबाट बयलबास  तर्फ आउँदै गरेको प्र २-०३-००२५०३८  नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको अन टेस्ट मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ५०३८ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने वर्ष २० का मितरोहन सिंह र सोही मोटरसाइकल पछाडि सवार वर्ष १८ का नितेश सिंह घाइते भएका छन् । त्यस्तै अन टेस्ट मोटरसाइकलका चालक ब्रम्हपुरी गाउँपालिका वडा न-५  बस्ने वर्ष २१ का नितिश कुमार राउत घाइते भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घाइते तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
    यस्तै सोही दिन जिल्लाकै हरिपुर्वा नगरपालिका वडा न-६ स्थित भित्रि सडक खण्डमा हरिपुर्वाबाट धनकौल तर्फ जाँदै गरेको BR 30Q 6540 नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँको वडा न-३ बस्ने वर्ष ७२ को रघुविर साह घाइते भएको छ ।टाउको,दाहिने हात र तिघ्रामा चोट लागेका साहको स्थानीय अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि जनकपुर तर्फ लगिएको प्रहरीले जनाएको छ ।मोटरसाइकल र मोटरसाइकल चालक सोही ठाउँको वडा न-६ बस्ने स्थानीय किशोरी रायका १९ वर्षिय छोरा रोशन यादवलाई थप अनुसंधानका लागि हरिपुर्वा प्रहरी चौकीको नियन्त्रणमा राखिएको जिप्रका सर्लाहीले जनाएको छ ।
    यसैगरी   जिल्लाको बागमती नगरपालिका वडा न-३ बरहथवा- नयाँरोड स्थित भित्रि सडक खण्डमा शुक्रवार साँझ दुइवटा गाडी एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।बरहथवाबाट नयाँरोड तर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट जाँदै गरेको सागरनाथ बन परियोजनाको बा १ झ ५२९६ नम्बरको गाडि एकआपसमा ठक्कर खाँदा एम्बुलेन्सका चालक जिल्ला सुनसरी धरान वडा न-१५ बस्ने वर्ष ३४ को बल बहादुर लिम्बु घाइते भएको छ ।यस्तै सागरनाथ परियोजनाको गाडिका चालक ईश्वरपुर नगरपालिका वडा न-४ बस्ने वर्ष ३६ को कृष्ण बहादुर थापा र सोही गाडिमा सवार धनकौल गाउँपालिका वडा न-९ बस्ने वर्ष ३४ को शंकर कुशवाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरल जनाएको छ ।दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

No comments:

Post a Comment