Friday, August 7, 2020

मलंगवामा रहेको कृषि सामाग्री संस्थान नियोजित तरिकाले लालबन्दी सारिएको भन्दै प्रदेश सांसद अशोक यादवद्वारा आपत्ती



लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन २३
     सर्लाहीको सदरमुकाम मलंगवामा रहेको कृषि सामाग्री संस्थानको  कार्यालय लालबन्दी नगरपालिकमा  सारको भन्दै प्रदेश मामिला सभापति तथा प्रदेश सांसद अशोक यादवले आपत्ती जनाएको छ ।जिल्लाकै सबैभन्दा पुरानो र पहिलो नगरपालिकामा वर्षौदेखि रहँदै आएको उक्त कार्यालय भर्खरै आएका नयाँ कार्यालय प्रमुखले निमित्त  प्रमुख सँग मिलेर मलखाधमा कमिसनको चलखेल गर्न नियोजित तरिकाबाट  कसैलाई जानकारी नदिइ एकाएक कार्यालय सारेको सांसद यादवको आरोप छ।
     विगत लामो समयदेखि महोत्तरी जिल्लाको सिमा देखि रौतहट जिल्लाको सिमा सम्मका किसानहरुलाई सेवा प्रवाह गर्दै आइरहेको उक्त  कार्यालय बिनाकुनै सूचना अथवा जानकारी नयाँ प्रमुखले आउने बित्तिकै  अन्यत्र सारेर निन्दनीय काम गरेको उहाँले भन्नुभयो। किसानहरुलाई समेत कुनै जानकारी नदिई  स्थानान्तरण गरिएको विषयप्रति घोर आपत्ति जनाउँदै अविलम्व यसको  पुनःस्थापनाका नभए संघर्षमा उत्रिने समेत उहाँले चेतावनी दिनुभयो ।सर्लाहीका झण्डै ७५ प्रतिशत किसानहरुले मलंगवा स्थित कार्यालयबाट सेवा लिंदै आएको उल्लेख गर्दै संस्थानको मुख्य कार्यालय मलंगवामै रहन दिएर बरु शाखा कार्यालय उता स्थापना गर्दा ठिक हुनेथियो ,सांसद यादवले भने ।

1 comment: