Wednesday, August 12, 2020

सशस्त्र प्रहरी सर्लाहीद्वारा नेपाल भारत बोडरबाट २२ किलो गाँजा बरामद

 (4)२०७७-४-२८ बुधबार


लोकतन्त्र समाचारदाता---
सर्लाही ,साउन २८
   सशस्त्र प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न-५ ,सखुअवाबाट २२ किलो अवैध गाँजा बरामद गरेको छ। बुधबार दिउँसो साढे २ बजेको समयमा  सीमामा सुरक्षा गस्तीमा खटेका सशस्त्र प्रहरी  टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो।
    जिल्लाको त्रिभुवननगर बिओपी मातहत भारतको इन्दरवा बोडर नजिक रहेको  फरवार्ड बेस सखुअवाबाट सशस्त्र प्रहरी निरिक्षक दिपक नापितको कमाण्डमा १६ जना र स.प्र.स निरिक्षक चोलेन्द्र कटुवालको कमान्डमा  खटेको १८ जनाको संयुक्त टोली पैदल गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा बाँसमा लुकाइ छिपाइ राखेको २२ किलो अवैध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउने तयारी भइरहेको त्रिभुवननगर बिओपीका प्रमुख स.प्र.नी संजित सिंहले जनाएको  छ।


No comments:

Post a Comment