सर्लाही ,भदौ १
जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु नगरपालिका कार्यालयमा धर्नामा बसेका छन् ।
गत चैतमा नगर कार्यपालिकाको बैठकमा भएको निर्णय अनुसार जोखिम भत्ता उपलब्ध गराउनु पर्ने माग राखेर हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु गत शुक्रबार गतेदेखि धर्नामा बसेका हुन् । उक्त बैठकमा कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा खटिँदा तलबको सतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको धर्नामा बसेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर निर्णय भएको चार महिना बितिसक्दा पनि आफुहरुले सेवा सुविधा नपाएपछि आन्दोलन गर्नुपरेको उनीहरुले बताए ।
उनीहरुले गत बिहिवार हरिपुर स्थित हात्तीसार मैदानमा पनि थ्रोट स्वाब संकलन गर्ने समयमा सांकेतिक रुपमा विरोध जनाएका थिए ।
No comments:
Post a Comment