Thursday, August 13, 2020

सर्लाही अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा अनिश्चितकालको लागि बन्द

 


मनोज यादव----
सर्लाही ,साउन २९
     ५ जना कोरोना संक्रमित भेटिएपछि मलंगवाको सर्लाही  अस्पतालमा अतिआवश्यक सेवा बाहेकका अरु सबै सेवा आज(बिहीबार)बाट बन्द गरिएको छ । 
    सर्लाही अस्पतालमा  कार्यरत चिकित्सक,स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुमा  कोरोना संक्रमण देखिएपछि सो को रोकथामका लागि यस अस्पतालबाट प्रदान गरिने अतिआवश्यक(इमर्जेन्सी) सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु बन्द गरिएको हो ।अतिआवश्यक(इमर्जेन्सी) सेवा बाहेक  अरु सबै सेवा अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।कोरोनाको उच्च जोखिममा रहेको अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्ने भएकाले इमर्जेन्सी  उपचार सेवा बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको डाक्टर रबी साहले बताए ।

No comments:

Post a Comment