Monday, August 10, 2020

मलंगवामा २१ जना कोरोना संक्रमित थपिए

 


सर्लाही ,साउन २६  – सर्लाहीको सदरमुकाम मलंगवामा  सोमबार थप २१ जना कोरोना  भाईरस संक्रमित थपिएको छ ।
   सोमबार थपिएका संक्रमितहरुमा मलंगवा नगरपालिका कार्यालयका दुई जना इन्जिनियर समेत रहेका छन् । मलंगवा नगरपालिकाको वडा न–१० र ११ घर भएका सिभिल इन्जिनियर र उर्जा इन्जिनियरमा संक्रमण पुष्टी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।
मलंगवा नगरपालिकाको कार्यालयले गत शुक्रवार १३९ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको थियो । जसमध्ये २१ जनाको पोजिटिभ रिपोर्ट आएको हो ।
    संक्रमित दुवै इन्जिनियरहरुलाई तत्काल आ–आफ्नो घरमै आइसोलेटेड भएर बस्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । नगरका कर्मचारी, स्वास्थ्यकर्मी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको थ्रोट स्वाब लिएर परीक्षण गर्ने कार्य भइरहेको  नगरपालिकाले जनाएको छ ।

No comments:

Post a Comment