*
*संक्रमितको संख्या १६ सय ६३ पुग्यो**
सर्लाही ,भदौ १५
सर्लाहीमा आज (सोमबार) ठुलो संख्यामा कोरोना भाइरस(कोभिड १९)का संक्रमितहरु थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आज(सोमबार ) जिल्लाको गोडैता नगरपालिका तथा ब्रम्हपुरी,धनकौल र रामनगर गाउँपालिकामा गरि ९९ जना ब्यक्तिहरुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो
सोमबार संक्रमण पुष्टि भएकाहरु मध्ये गोडैता नगरपालिकामा ५ जना, ब्रम्हपुरी गाउँपालिकामा सबैभन्दा धेरै ८० जना ,धनकौल गाउँपालिकामा ७ जना र रामनगर गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाए । त्यसमध्ये ९६ जनाको ठेगाना खुलिसकेको र ३ जनाको ठेगाना खुलाउने प्रयास भईरहेको कार्यालयले जानकारी दिए ।
आज थपिएका सबै कोरोना संक्रमितहरु समुदाय स्तरकै भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए । लकडाउनको उल्लंघन गर्दै स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकहरुले गुनासो गरेका छन् ।यो सँगै सर्लाहीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ सय ६३ पुगेको छ ।
No comments:
Post a Comment