Tuesday, August 11, 2020

निषेधाज्ञाको पालना मलंगवा सहित ग्रामिण क्षेत्रमा भएन

 


लोकतन्त्र समाचारदाता-----

सर्लाही ,साउन २७

    समुदाय स्तरमा  कोरोनाको संक्रमण बढ्दै गएपछि सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा जारी भएको छ । उक्त  निषेधाज्ञाको प्रभाव सदरमुकाम मलंगवा  तथा जिल्लाका अन्य ग्रामीण  क्षेत्रमा  खासै प्रभाव देखिएको छैन । निषेधाज्ञाको उल्लघंन सबैभन्दा बढि नेपाल- भारत सिमा नजिकैको गाउँहरुमा भएको पाइएको छ ।
     जिल्लाका ग्रामीण बस्तीमा ठुला साना सबैखाले  पसल तथा होटलहरु खोलिएका छन् , दुइपाँग्रे सवारीसाधन निर्धक्कका साथ गुडिरहेका छन् भने माक्स र सामाजिक दुरीको पालना गरिएका छैन । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई आआफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गर्न भनी पत्र पठाइसकेको भएपनि त्यसको पालना गराउन पालिका प्रमुखहरुले कुनै कदम अगाडि बढाएको देखिदैन ।
सिमा क्षेत्रमा मुख्य नाकाहरुमा कडाइ भएपनि चोर बाटोहरु बाट मानिसहरुको ओहर दोहर भइनै रहेको छ । सर्लाहीको नेपाल-भारत सिमा अन्तर्गतका गाउँ भएर  खद्यान समाग्री तथा रसायनिक मलको ढुवानी भइनै रहेको स्थानिय प्रत्यक्षदर्शीहरुले  बताएका छन ।
    नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २६ गते विहान ६ बजेदेखि साउन ३१  गते राति १२ बजे सम्म लागुहुने निषेधाज्ञा जारी गरिएको प्रजिअ पौडेलले बताउनु भयो । यस निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ तथा  अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दुध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment