लोकतन्त्र समाचारदाता-----
सर्लाही ,भदौ ७
प्रहरीले नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत पर्ने सर्लाहीको कविलासी नगरपालिका वडा न–८ बाट घरमा लुकाएर राखेको २ लाख २० हजार रुपैयाँको अवैध सुर्ती बरामद गरेको छ ।
स्थानीय भोला बैठाको घरमा भारतबाट ठुलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्ती रहेको भन्ने गोप्य सूचनाको आधारमा सनिवार साँझ साढे ७ बजे प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा गएको ७ जनाको प्रहरी टोलीले बैठाको दुई तल्ले गोठमा लुकाएर राखिएको ५ सय ५० किलो परिमाणको २१ बोरा सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बरामद सुर्ती जिप्रका सर्लाहीका नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment