Thursday, August 13, 2020

कोरोन महामारी नियन्त्रण तथा नागरिकहरुको जीवन रक्षाको माग गर्दै प्रजिअलाई ज्ञापनपत्र



सर्लाही ,साउन २९
    सर्लाहीमा सामुदाय स्तरमा बढ्दै गएको कोरोना भाइरस(कोभिड १९)को प्रभाव ,महामन्त्री नियन्त्रण तथा नागरिकहरुको जीवन रक्षाको लागि ध्यानाकर्षण गराउन आज जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थाले प्रमुख जिल्ला अधिकारीलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएको छ ।
    जिल्ला स्थित ओरेक नेपाल ,थर्ड एलायन्स ,मानवअधिकार रक्षक संजाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका प्रमुख तथा प्रतिनिधि हरुले बिहीबार दिउँसो मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्र मार्फत प्रजिअ पौडेललाई सिमापारीबाट मानिसहरुको आउने क्रम  कम भएपनि विभिन्न धार्मिक पुजा तथा पर्वका कारण जिल्लाभरका  शहर, हाटबजार तथा  मठ मन्दिरहरुमा  भिडभाड ,आवतजावत र घरबाट बाहिर किनमेल  गर्न निस्कने मानिसहरूको भिडभाडका  कारण समुदाय स्तरमा संक्रमण फैलिने जोखिम रहेकोले निषेधाज्ञा सम्बन्धि जारी निर्देशिकाको पालना गर्न गराउन आग्रह गरिएको छ ।
     ज्ञापनपत्र बुझाउने टोलीमा ओरेक नेपालबाट राजु अधिकारी ,थर्ड एलायन्सबाट मुकेश मिश्र ,मानव अधिकार रक्षक संजालबाट सुन्दर श्याम यादव र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघसर्लाहीबाट  सचिव कामेशवर पासवानको सहभागीता रहेको नेतृत्वकर्ता एवं मानव रक्षक संजाल सर्लाहीका संयोजक राजेश पासवानले जनाएको छ।

No comments:

Post a Comment