Wednesday, August 5, 2020

सर्लाहीका पाचवटै सुरक्षा संयन्त्र र व्यापारी द्वारा सर्लाहीको मलंगवामा माक्स वितरण


लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन २०
   समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि  यसको नियन्त्रण तथा रोकथाममा माक्सको आवश्यक्ताको बारेमा  स्थानीय स्तरमा जानकारी गराउने उदेश्य सर्लाहीका  पाँचवटै सुरक्षा संयन्त्रले संयुक्तरूपमा  सदरमुकाम मलंगवाको बढी भिडभाड हुने क्षेत्रमा आज माक्स वितरण गरेको  छ ।
    मलंगवाका स्थानीय समाजसेवी एवं व्यापारी संजय गुप्ताले निजी खर्चमा
उपलब्ध गराएको ५ हजार माक्स प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित नेपाल प्रहरी प्रमुख , सशस्त्र प्रहरी प्रमुख , नेपाली सेना प्रमुख ,अनुसंधान प्रमुख मिलेर नगरभित्रका पसले  तथा पैदल यात्रीहरुलाई माक्स वितरण गरेका हुन ।
   अब उपरान्त माक्स लगाएको नपाएको खण्डमा जरिवाना तिराइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताए ।

No comments:

Post a Comment