Tuesday, August 4, 2020

मोदी र गोपाल दास महाराजद्वारा राम मन्दिर शिलान्याास


newsabhiyan

काठमाडौं,साउन २० ।
   भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी,श्री श्री श्री नित्य गोपाल दास महाराज र युपी मुख्य मन्त्री योगी आदित्यनाथद्वारा अयोध्यामा राम मन्दिर शिलन्यास हुने भएको छ ।
हिन्दु धर्मगुरु श्री श्री श्री नित्य गोपाल दास महाराजको अगुवाईमा सनातनी परम्परा  सहित बिशेष धार्मिक अनुष्ठान गरी  मन्दिरको शिलन्यास गर्न लागिएको हो ।
भारत स्थित युपीको अयोध्यामा राम मन्दिर शिलन्यास कार्यक्रम बुधबार साउन २१ गते अर्थात अगस्त ५ तारिकमा हुने नित्य गोपाल दास महाराजका नेपालका शिष्य एबं नेपाली कांग्रेसका युवा नेता भरत सापकोटाले बताए  ।
उक्त कार्यक्रममा आफुलाई पनि बिशेष निमन्त्रणा आएको छ तर कोरोना भाइरसको संक्रमण बढ्दै गएको भयावह स्थितीमा आफु उपस्थिती जनाउन नसक्ने जानकारी दिनु भएको छ । 
     न्युज अभियानबाट

No comments:

Post a Comment