सर्लाही ,भदौ १३
सर्लाहीको बरहथवामा आफ्नै घरमा झुन्डिएर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा न-१६,प्रेमनगर बस्ने रामदेव महराको ४० वर्षीय छोरा दिपक राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दिपकले गत बिहीबार दिउँसो आफ्नै घरको बाँसको धरन(बलो)मा साडीको पासो लगाई झुन्डिएकोे अवस्थामा निजकी श्रीमतीले देखेपछि इलाका प्रहरी कार्यालय मुर्तियालाई खबर गरेकी थिइन ।
घटनाको विषयमा अनुसंधान भइरहेको जिप्रका सर्लाहीले जानकारी दिएको छ
Might be because of poverty created by lock down
ReplyDelete