Wednesday, August 5, 2020

सर्लाहीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्य द्वारा बिओपि त्रिभुवननगरको उद्घाटन




सर्लाही ,साउन २१ ।
   सशस्त्र प्रहरी बल ,बोर्डर आउट पोष्ट त्रिभुवननगर  सर्लाहीको आफ्नै भवन निर्माण भएको छ । भवनको बुधबार  एक समारोहका बीच प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल न.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी  नायव महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले उद्घाटन गरेका हुन ।
   नेपाल सरकारको सुरक्षा सुदृढीकरण योजना अनुरुप २०६५ साल पुस २७ गते नेपाल -भारतको सिमानाका दशगजा नजिकै पर्ने साबिक सर्लाहीको त्रिभुवननगर  गाविस वडा न-१ र हालको ब्रम्हपुरी गाउँपालिकामा स्थापना भइ नेपाल सरकार मन्त्री परिषद्को निर्णयअनुसार २०६६ साल माघ २१ गतेबाट स्थायी रुपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको स्थापना भएर स्थानीय रामलखन रौनियारको घरमा बसेर कार्यसम्पादन हुँदै आएको सो पोष्टको आफ्नै भवन निर्माणका लागि स्थानीय जग्गा धनीहरुबाट ५ कठ्ठा जग्गा प्राप्त गरि २०७६ साल माघ ३ गतेबाट भवन निर्माण कार्य सुरु भइ २०७७ साल साउन १७ गते निर्माणकार्य सम्पन्न गरि नवनिर्मित भवन स्थानान्तरण भएको बिओपि त्रिभुवननगरका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक संजित सिंहले  जानकारी गराउनु भयो ।
   उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि स.प्र.ना.म.नि ब्रम्हचार्यले सशस्त्र प्रहरी बल नेपाललाई राज्यबाट प्रदान मुख्य कार्यदेश मध्ये सिमा सुरक्षा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।उहाँले सिमा,सुरक्षा,शान्ति र विकास एकआपसमा अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सिमा सुरक्षा मजबुत नभइकन शान्ति सुरक्षाको अवस्था सबल हुन नसक्ने भन्नुभयो ।
 हाल सर्लाही जिल्लामा ५१ किलोमिटर सिमा इलाका(दशगजा)को सुरक्षा गर्न थप २ वटा बिओपिहरु स्वीकृत भइसकेको र ६ वटा बिओपिहरु थप गर्ने प्रक्रियामा रहेको कार्यक्रममा  उहाँले जानकारी गराउनुभयो ।
       जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष बिनोद साह,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ,प्रहरी उपरीक्षक विश्वमणी पोखरेल , राष्ट्रिय अनुसंधान विभाग सर्लाहीका प्रमुख दिलिप कुमार सिंह,स्थानीय समाजसेवी  संचारकर्मी लगायतको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिभुवननगरको भवन निर्माणमा  योगदान पुराउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।



No comments:

Post a Comment