पूर्व मन्त्री सोनेलाल राय यादवको खुटौनामा ससम्मान दाहसंस्कार गरियो
लोकतन्त्र समाचारदाता---
सर्लाही , भदौ ९
पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको मंगलबार गृह जिल्ला सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ स्थित खुटौनामा ससम्मान दाहसंस्कार गरिएको छ । उहाँको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल )को झण्डा ओढाएर प्रहरीको सलामीका साथ ससम्मान दाहसंस्कार गरिएको छ ।उहाँको दाहसंस्कारमा विभिन्न क्षेत्र सँग आबद्ध भद्रभलादमी तथा विभिन्न ओहोदाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मन्त्री यादवको ७२ वर्षको उमेरमा सोमबार काठमाडौ स्थित वीर अस्पतालमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको थियो । उहाँ ६३ दिनदेखि वीर अस्पतालको आईसियुमा उपचारार्थ रहेको उनका कान्छा छोरा लालबाबु यादवले जानकारी दिए ।
यादवकी श्रीमती कैलाशदेवी यादव सहित दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।
राजाको प्रत्यक्ष शासन कालमा यादव सहायक गृह राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँ २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख थिए ।
No comments:
Post a Comment