Tuesday, August 4, 2020

सर्लाहीमा भाेलीबाट(बुधबार) पुनः निषेधआज्ञा जारी


लोकतन्त्र समाचारदाता---
सर्लाही ,साउन २०
    जिल्ला प्रशासन कार्यालय सर्लाहीले भोली (बुधबार) बिहान   बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस  (कोभिड १९ ) को संक्रमण समुदाय स्तरमा देखिन थालेपछि  यसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत जिल्ला सुरक्षा समिति ,कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम हाललाई साउन २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले  बताए । उनका अनुसार निषेधाज्ञा आगामी साउन २७ गते राति १२ बजेसम्म जारी रहने छ ।
    निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले  जनाएको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३)बमोजिम सर्लाही जिल्ला भर देहाएका आदेशहरु जारी गरिएकोले आदेशको पालना नगर्ने जोकोही ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कानुनी कार्यवाही गरिने कार्यालयले जानकारी गराएको छ ।





No comments:

Post a Comment