Tuesday, August 4, 2020

विधुत सर्ट भएर आगलागी,साढे ३ लाखको क्षति



लोकतन्त्र समाचारदाता---
सर्लाही ,साउन २०
    सर्लाहीको बसबरियामा मंगलबार राती फुसको घरगोठमा विधुत सर्ट भएर आगलागी हुँदा साढे ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
   बसबरिया गाउँपालिका वडा न-३ मन्दिरवा टोल बस्ने स्थानीय विन्देश्वर रायको फुसले छाएको घरगोठमा राति  अचानक विधुत सर्ट भएर आगलागी हुँदा ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। विधुत सर्ट भएर आगलागी भएको खवर पाउना साथ स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक दसरत बैठाको कमाण्डमा ४ जनाको  प्रहरी टोली घटना स्थलमा पुगेर स्थानीयबासीको सहयोगमा करिब डेढ बजे आगलागी नियन्त्रणमा लिएको हो ।आगलागीमा परेर पिडित रायको घरमा रहेको अन्नपात,लत्ताकपडा तथा  गोठमा रहेका एउटा भैंसी र ७ वटा बाख्रा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment